fbpx

छोराको विवाह खर्च कटाएर सामुहिक विवाह


विराटनगर, बैशाख २ ।

सन्थाल जातीय संस्कार अनुसार आयोजना गरिएको सामुहिक बिवाहमा ५ जोडिले विवाह गरेका छन् । विराटनगरमा आयोजित कार्यक्रममा ५ जोडी सन्थाल युवायुवतीको सामुहिक विवाह गरिएको हो ।

विराटनगरस्थित जनजाति कल्याण आश्रम आमाको माया छात्राबास र मारवाडी युवा मञ्चको संयोजनमा सामुहिक विवाह सम्पन्न भएको हो ।
गाँउ र शहरबीच सांस्कृतिक अन्तरघुलनको उद्धेश्यसहित आयोजना गरिएको विवाहमा झापाका ३ र मोरङका दुइ जोडीले लगनगाँठो कसेका हुन् ।

नगरक्षेत्रको अतिथि सदनमा जम्मा भएका बेहुला पक्ष लावा लस्कर सहित सोमबार बिहान जैन भवन पुगेपछि सो ठांउमा वैवाहिक कार्यक्रम सन्थाल रित अनुसार बैवाहिक अनुष्ठान सम्पन्न भएको छ ।

जन्तीमा सहभागि सन्थाल समुदायका मानिसहरुले परम्परागत पोशाक पहिरिएर सांस्कृतिक नृत्य गर्दै रमाए । उनिहरुको वैवाहिक उत्सवमा विराटनगरका मारवाडी समुदाय समेत रमाएका थिए ।

सो क्रममा सिसवनी जहदा गाँउपालिका ४ का भक्कु मरण्डीसंग सोहि ठाँउकी सुरुजमुनी सोरेन, बिर्तामोड ९ झापाका देवान हास्दा र गरामनीकी मुना हेमरम, रतुवामाई नगरपालिका–६ का सुरज सोरेन र सुनिता हास्दाको विवाह सम्पन्न भएको छ ।

यस्तै मोरङको हसन्दहका किसनु हास्दासंग जहदाकी ललिता मुर्मु, झापाको कमल गांउपालिका २ का देवलाल सोरेनसंग कटहरी गाँउपालिकाकी सविना सोरेनको विवाह सम्पन्न भएको छ ।

विराटगर ९ का ब्यवसायी एवं जनजाति कल्याण आश्रम आमाको माया छात्रावासका संस्थापक अध्यक्ष समेत रहेका   शिवरतन जोशीले सामुहिक विवाहमा लाग्ने सम्पुर्ण खर्च ब्यहोरेका हुन् ।

बैशाख ४ मा हुने आफ्नो छोरा प्रशान्त जोशीको विवाहमा लाग्ने खर्चमा केहि कटौती गरेर खर्चको ब्यवस्थापन गरेको उनले बताए । जनजाति कल्याण आश्रमका केन्द्रीय महासचिव प्रेम थुलुङले सन्थाल समुदायको धर्मसंस्कृति रक्षा गर्न तथा गाँउ र शहरबीच सांस्कृतिक अन्तरघुलनको उद्धेश्य सहित मितब्ययीरुपमा सामुहिक विवाह कार्यक्रम गरिएको बताए ।

गाँउघरमा क्षमताभन्दा बढी ऋणसापट लिएर गरिने विवाहलाई यसप्रकारको विवाहले निरुत्साहित गर्ने उनको भनाई छ । विवाह आयोजक पक्षले नवविवाहित दम्पतीलाई चांदीका गहना, साइकल, घडी र लुगाफाटा सहित एक महिनाकालागि पुग्ने खाद्यान्न दिएर बिदाई गरेको छ ।

यस्तै जन्तीमा सहभागी हुन आएका वर पक्षका ३ सय बढीलाई दिवाभोज समेत खुवाइएको थियो । सिटि सफारी चढेर बिहे गर्न आएका बेहुला बेहुली उपहारस्वरुप प्राप्त सामाग्री सिटि सफारीमै लिएर फर्किएका थिए ।
नवविहित जोडीलाई शुभकामना दिन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली समेत जैन भवन पुगेका थिए ।

प्रतिक्रिया

five × one =

Loading...