fbpx

बोलेरो दुर्घटनामा ९ जना घाइते

उदयपुर, वैशाख ०२ ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिका ५ भित्तेढुंगामा सोमबार दिउँसो बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

दिउँसो साढे ११ बजे यात्रु लिएर जाँदै गरेको बा ८ च ७७७६ नम्बरको बलेरो गाडी उकालोबाटोमा घुम्ती मोड्ने क्रममा ब्रेक नलागेर पछाडी सर्दा अन्दाजी १० मिटर रल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा बोलेरोमा सवार उदयपुर लिम्चुङबुङ गाउँपालिका ५ का १५ वर्षीय सुरेन्द्र राई, १७ वर्षीया अम्बिका राई, ३२ वर्षीय अर्जुन थापा, रौतामाई ३ की ४० वर्षीया सीता तामाङ, ६० वर्षीय चन्द्र बि क, लिम्चुङबुङ ५ का १६ वर्षीय बिपन ल्वागुन, ३४ वर्षीया साबित्रा परियार, १८ वर्षीया नीता सुवेल र १६ वर्षीया शर्मिला दियाली घाइते भएका हुन् ।

घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी लिम्चुङबुङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ ।  बोलेरोका चालक रामेछाप बानकी भण्डार गाउँपालिका ६ का २३ वर्षीय लालबहादुर कार्कीलाई प्रहरीको नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Koshi Online

FREE
VIEW