fbpx

विश्वभरका केही प्रयोगकर्ताका लागि फेसबुक, व्ह्वाट्सएप् र इन्स्टाग्राम केही समयको लागि डाउन

एजेन्सी,
गत आइतबार सामाजिक सञ्जाल प्रयोगकर्ताले केही समयका लागि भएपनि दुःख भोग्नु पर्यो । सोसल मिडिया फेसबुक, व्ह्वाट्सएप् तथा इन्स्टाग्रामका विश्वभरका केही प्रयोगकर्ताहरूले आइतबार केही समयको लागि दुःख भोग्नु परेको थियो ।

यो प्रकारको आउटेज मनिटरिङ्ग आइतबारको दिन वेबसाइट डाउनडिटेक्टर डटकमको डाटामा भेटिएको थियो । फेसबुकले गत मार्चमा पनि सबैभन्दा लामो समयको आउटेजमध्ये एकको अनुभव भोगेको थियो, जसको कारण धेरै प्रयोगकर्ताहरूले २४ घण्टाभन्दा बढी समय फेसबुक, इन्स्टाग्राम तथा व्ह्वाट्सएप चलाउन दुःख भोगेका थिए ।

डाउनडिटेक्टर डटकमको प्रत्यक्ष आउटेज म्यापकाअनुसार यसरी फेसबुक, व्ह्वाट्सएप् तथा इन्स्टाग्राम प्रयोग गर्ने सम्बन्धमा भेटिएका मामिलाहरू युरोप र एसियामा बढी भेटिएको थियो ।

Koshi Online

FREE
VIEW