fbpx

विश्वकप खेल्ने भारतको टिम घोषणा, को– को परे टोलीमा ?

विराटनगर,
भारतले आगामी मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुन लागेको एक दिवसिय विश्वकपको लागि आफ्नो टोली घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विराट कोहलीको कप्तानीमा १५ सदस्य टोली सोमबार घोषणा गरेको हो ।

विश्वकपमा भारतीय टिमको नेतृत्व विराट कोहलीले गर्ने छन् भने रोहित शर्माले उपकप्तानको भूमिका निभाउने छन् । टोलीमा विराट र रोहितका साथै शिखर धवन, केएल राहुल, महेन्द्रसिंह धोनी, केदार जादब, हार्दिक पाण्ड्या, विजय शंकर, कूलदीप यादव, युज्भेन्द्र चाहाल, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, मोहम्मद शामी, रवीन्द्र जडेला र दिनेश कार्कीक रहेका छन् ।

Loading...