fbpx

यसरी गर्नुहोस् आफ्नो कपालको स्याहार

कपालले मानिसको सुन्दरतामा पनि निकै असर पुर्याइरहेको हुन्छ । त्यसैले मानिसहरू आफ्नो कपालमा विभिन्न खालका मेहन्दीहरू लगाउने गर्छन् । पुरुषको तुलनामा महिलाहरू बढी आफ्नो कपाललाई स्याहार्ने गर्छन् ।

कपाल बाक्लो र कालो होस्, हर्दा आकर्षक होस् यस्ता चाहाना हरेक महिलाहरूलाई हुने गर्छ । कपाललाई आकर्षक बनाउने सोचेर मात्र हुँदैन । यसको स्याहार कसरि सहि तरिकाले गर्ने भन्ने कुरापनि जानी राख्नुपर्छ ः

यसरी गर्नुहोस् आफ्नो कपालको स्याहारः
– बेलाबेलामा कपालमा स्प्रे गर्ने, यसो गर्दा कपाल धोएको जस्तै देखिन्छ । साथमा स्प्रेले कपाललाई नरम देखाउन पनि मद्दत पुयांउँछ ।

– लामो कपाल हुनेले कपालको स्याहारमा विशेष ध्यान दिनुपर्छ ।

– सही खालको स्याम्पू र हेयर कन्डिस्नरको प्रयोग गनुपर्छ ।

– १५ दिनमा एकपटक हेयर माक्स लगाउनु पर्छ ।

– चिल्लो कपाल भएकाहरुले सकेसम्म ड्राइ स्याम्पूको प्रयोग गनुपर्छ ।

– कपालमा आउने हागाँबाट बच्नका लागि २० दिनको अन्तरालमा कपाललाई ट्रिम गर्नुपर्छ ।
– कपालमा क्रिम वा कन्डिस्नरको सट्टा स्प्रे कन्डिस्नर लगाउनु पर्छ ।

– चिसो कपालसँग कहिल्यै सुत्नु हुदैन । नत्र कपालमा इन्फेक्सन हुने, चिलाउने र झर्ने जस्ता समस्या देखा पर्छन् ।

– कपालमा कलर गर्ने बानी छ भने त्यसलाई निरन्तरता दिने, बीचमै छाड्दा कपाल बिग्रिन सक्छ ।

– त्यस्तै कपालमा हप्तामा एकपटक ओइल मसाज गर्ने, यसले कपाललाई राम्रो र बलियो बनाउन मद्धत गर्छ ।

– कपालमा अनावश्यक खालका प्रसाधनको प्रयोग गर्न हुँदैन ।

प्रतिक्रिया

Loading...