fbpx

किन हुन्छ हर्षा ? यसका कारण तथा लक्षणहरू यस्ता छन्


हर्षा (अर्स) पाइल्स अथवा हिन्दीमा बबासिर मलद्वारसम्बन्धि एक रोग हो, जसमा मलद्वारमा रहेका मांसपेशी सुन्निन्छ । धेरै व्यक्तिहरूले मलद्वार वरिपरिको क्षेत्रमा देखिएको कुनैपनि लक्षणलाई “हर्सा“ को रूपमा उल्लेख गर्छन् ।

हर्साको सही कारण अझै अज्ञात छ तापनि, अन्तर–पेट चाप बढाउने केही तत्त्वहरू, विशेष रूपमा कब्जियतले यसको विकासमा भूमिका खेल्छ भनेर मानिन्छ । लक्षणात्मक हर्साको सही कारण अज्ञात छ। केही तत्त्वहरूले यसमा भूमिका खेल्छन् भन्ने मानिन्छ जसमा, दिसा गर्ने अनियमित बानी (कब्जियत वा पखाला), व्यायामको कमी, पौष्टिक तत्त्वहरू (न्यून(फाइबर आहारहरू), अन्तर(पेट चापमा वृद्धि (लामो समयसम्म तनाव रहनु, एस्सिटिस्, अन्तर–पेट पिण्ड, वा गर्भावस्था), वंशानुगत, हेमोरोइडल नसाहरूको अनुपस्थिति, र उमेरको वृद्धि पर्दछ ।

गर्भावस्था को अवधिमा, भ्रूण बाट पेटमा हुने दबाब र होर्मोन सम्बन्धी परिवर्तनहरूको कारणले गर्दा हेमेरोइडल नसाहरू ठूला हुन्छन् । डेलिभरीको कारणले गर्दा पनि अन्तर–पेट चापमा वृद्धि हुन्छ ।

गर्भवती महिलाहरूलाई कहिलेकहीँ मात्र शल्य चिकित्सा उपचारको आवश्यकता पर्छ, किनभने सामान्यतया डेलिभरी पछि लक्षणहरू हराउँछन् ।

हर्साहरु सामान्यतया शारिरीक जाँचहरुबाट निदान गरिन्छन् । मलद्वार र वरिपरिको क्षेत्रको दृष्टिगत जाँच बाह्य वा भंशित हर्साको निदान हुन सक्छ । सम्भावित मलद्वार ट्युमरहरु, पोलिप्स, वृद्धि भएको प्रोस्टेट, वा एब्सेसहरु पहिचान गर्न मलद्वार जाँच गर्न सकिन्छ ।

प्रतिक्रिया

Loading...