fbpx

ला लिगा : रियल मड्रिडलाई घरेलु टोली लेगानेसको चुनौती

विराटनगर,
स्पेनिस ला लिगामा आज रियल मड्रिडले आफ्नो ३२औं खेल खेल्दैछ । सोमबार राति हुने उक्त खेलमा रियलले लेगानेससँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । जारी लिगमा रियल तेस्रो तथा लेगानेस १३औं स्थानमा छन् । आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

रियल घरेलु टोलीलाई हराएर शीर्ष दुई क्लबसँगको अंकदूरी घटाउन चाहन्छ । लिगको शीर्ष स्थानमा बार्सिलोना छ भने दोस्रो स्थानमा एथ्लेटिको मड्रिड छ । रियलभन्दा एक खेल बढी खेलेका यी दुवै टोलीसँग क्रमशः ७४ र ६५ अंक छ ।

यता तेस्रो स्थानको रियलसँग भने ६० अंक छ । यसैले लेगानेसलाई हराएर रियलले शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको एथ्लेटिकोसँग अंकदूरी घटाउने दाउमा छ । यस्तै आजको खेलमा रियलको प्रतिद्वन्द्वी बनेको लेगानेस आज रियललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

मुख्य प्रशिक्षक जिनेदान जिदानले लेगानेसविरुद्ध ग्यारेथ बेल, करिम बेन्जिमा, इस्को, लुका मोड्रिच, मार्सेलो जस्ता पहिलो रोजाईका खेलाडी मैदान उतार्ने छन् ।

Loading...