fbpx

जनै खटिरा हुँदा देखिन्छन् यस्ता लक्षणहरू

गर्मीको सिजनसँगै जनै खटिरा (हर्पसजोस्टर) पनि सुरु हुन थाल्छ । यो एक प्रकार को भाइरल इन्फेक्शन हो । यसलाई पीडादायक समस्याको रूपमा लिन सकिन्छ । किनकी, छालामा देखिने यो रोगमा स–साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने समस्या हुन्छ ।

चिकनपोक्स अर्थात् ठेउलाको कारकका रूपमा परिचित भेरिसेला जोष्टर नामक भाइरस को संक्रमणले जनै खटिरा हुन्छ । यो प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने भएकाले यो प्रौढहरुमा बढ्ता देखिने गरेको छ ।

यसलाई सामान्य खालको छालाको रोग ठान्ने भ्रममा पर्नु हुँदैन । शरीरको रोग प्रतिरोधी क्षमता कम भएका बेलामा यसको आक्रमण हुनसक्छ । समयमै यसको उपयुक्त उपचार नभएमा यो जानलेवा पनि हुन सक्छ ।

यस्का निम्न लक्षणहरू देखिन्छन् । सुरुमा छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँमा मसिना बिमिरा निस्कने, बिमिरा निस्केका ठाउँमा चिलाउने, पोल्ने र दुख्ने, बिमिरा बिस्तारै ठूला हुँदै जाने र स–साना घाऊ जस्ता देखिने, घाऊहरूमा पोलेका घाऊमा झैं नै पानी भरिने र फुट्ने र त्योसँगै असह्य पीडा हुने हुन्छ ।

यस्तै सामान्य ज्वरो आउने, टाउको दुख्ने पनि हुन्छ । चिकित्सकले बिमिराहरु हेरेर तथा सामान्य परीक्षणबाटै जनै खटिरा को निदान गर्ने छन् ।

Loading...