fbpx

आईपीएल : बैंग्लोर दोस्रो जितको खोजी, आज मुम्बईविरुद्ध भिड्दै

विराटनगर,
भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज एक खेल हुँदैछ । आज नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने उक्त खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स  बैंग्लोरसँग खेल्नेछ ।

मुम्बईस्थित वांखेडे स्टेडियममा हुने उक्त खेलमा दुवै टोली एक–अर्कालाई हराउने लक्ष्यका साथ मैदान उत्रिनेछन् । जारी लिगको अंक तालिकामा मुम्बई चौथो तथा बैंग्लोर पुछारमा छ । मुम्बईसँग ८ अंक हुँदा बैंग्लोरसँग २ अंक मात्र छ ।

भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर आज दास्रो जितको खोजीमा छ । ७ खेलमध्ये ६ खेलमा हार र एक खेलमा मात्र जित निकाल्न सफल टोली बैंग्लोरले आज आठौं खेल खेल्न लागेको हो ।

यता मुम्बई भने आफ्नो पाँचौं जितको खोजीमा छ । मुम्बईले समान खेलमध्ये ४ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ ।

प्रतिक्रिया

Loading...