fbpx

नापोलीको जितसँगै रोनाल्डोको टोली युभेन्टसले सिरी ‘ए’को उपाधिका लागि पर्खनुपर्ने

विराटनगर,
इटालियन क्लब युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलको उपाधिका लागि केही समय पर्खनुपर्ने भएको छ । उक्त लिगको दोस्रो स्थानमा रहेको टोली नापोलीले गए रातिको खेलम जित निकालेपछि युभेन्टसले उपाधिका लागि पर्खनु पर्ने भएको छ ।

आइतबार राति भएको सिरी एको २४औं साताको अन्तिम खेलमा नापोलीले चिभोलाई ३–१ गोलान्तरले हराएको हो । चिभोको घरेलु मैदानमा पाहुना टोली नापोलीलाई जिताउन कालिडौ कौलीबालीले दुई तथा अर्काडिसुज मिलिकले एक गोल गरे ।

नापोलीले खेलको १५औं मिनेटमा कौलीबालीको गोलमा अग्रता बनाएको थियो । उनकै गोलमार्फत पहिलो हाफमा १–० को अग्रता बनाएको नापोलीले दोस्रो हाफमा २ गोल थप्यो । उसका लागि खेलको ६४औं मिनेटमा मिलिकले गोल लगाउँदा ८१औं मिनेटमा कौलीबालीले ब्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल लगाए ।

यता घरेलु टोलीका लागि बोत्सान केसरले एक गोल फर्काए । उनले खेलको ९०औं मिनेटमा गोल सान्त्वना गोल लगाए ।

यस जितसँगै नापोलीले युभेन्टसलाई उपाधिका लागि केही समयमा पर्खन बाध्य बनाएको छ । अब युभेन्टसलाई लगातार आठौंपटक उपाधि जित्न एक अंक चाहिएको छ । सर्वाधिक ३४ पटकको विजेता युभेन्टसले ३२ खेलमध्ये २७ खेलमा जित, ३ खेलमा बराबरी र २ खेलमा पराजय ब्यहोर्दै ८४ अंक बनाएको छ । शनिबार हुने लिग खेलमा अंक जोड्न सकेमा उसले सिरी एको उपाधिमाथि कब्जा गर्नेछ ।

जितसँगै दोस्रो स्थानको नापोलीको ६७ अंक बनाएको छ । नापोली शीर्ष स्थानको युभेन्टसभन्दा १७ अंकले पछाडि छ ।

Koshi Online

FREE
VIEW