fbpx

झापामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गयो, दुई घाइते

झापा, वैशाख २
झापामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–६ गेउरिया भन्ने ठाउँमा आइतबार २ वटा मोटरसाइकल आपसमा ठक्कर खाएका थिए ।

भित्री सडक खण्डअन्तर्गत राति साढे ८ बजे पाडाजुगीबाट दक्षिणतर्फ जाँदै गरेको मे१०प ६८५१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे४प १६५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा मे४प १६५८ नम्बरको मोटरसाइकल चालक कमल गाँउपालिका–६ बस्ने २१ वर्षीय प्रवीण राजवंशी, मोटरसाइकलको पछाडि सवार २६ वर्षीय मनोज शाह र मे१०प ६८५१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका–४ बस्ने २२ वर्षीय लोकेश ठटाल घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारको लागि दमकस्थित लाइलाइन अस्पताल लैजाने क्रममा मे४प १६५८ नम्बरको मोटरसाइकल चालक प्रवीण राजवंशीको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया

one × four =

Loading...