fbpx

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो हार, उपाधिका लागि केही समय पर्खने

विराटनगर,
फ्रेन्च लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनकै दोस्रो हार ब्यहोरेको छ । गए राति भएको आफ्नो ३१औं खेलमा पीएसजीले लिलीसँग ५–१ गोलान्तरको फराकिलो हार ब्यहोरेको हो ।

लिलीकै मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन निकोलास पेपे, जोनाथान बम्बा, गाब्रियल र जोसे फोन्टेले समान एक–एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको सातौं मिनेटमा पीएसजीका थोमस मुनियरले आफ्नै पोष्टमा गोल लगाएपछि लिलीले सुरुआती अग्रता बनाएको थियो । यस्तै खेलको ११औं मिनेटमा पीएसजीका जुवान बर्नात भालास्कोले गोल गरेपछि पाहुना टोली पीएसजीले बराबरी बनाएको थियो ।

तर, खेलको ३६औं मिनेटमा पीएसजी १० खेलाडीमा सीमित बन्यो । पीएजीका गोलकर्ता भालास्कोले रातो कार्ड खाँदै मैदानबाट बिदा लिएपछि त्यसको फाइदा लिलीले उठायो । पहिलो हाफ १–१ गोलको बराबरीमा रहेपनि दोस्रो हाफमा धमाधम चार गोल लगायो ।

खेलको ५१औं मिनेटमा पेपेले गोल गरेभने ६५औं मिनेटमा बम्बाले, ७१औं मिनेटमा गाब्रियलले तथा ८४औं मिनेटमा फोन्टेले गोल गरेपछि पीएजीले ४–१ को फराकिलो हार ब्यहोरेको हो ।

गए रातिको खेल एक हिसावले पीएसजीका लागि सुखद रहेन । किनकी, किलियन एम्बाप्पेका दुई गोलले अफसाईडको मान्यता पाएका थिए भने कप्तान थिएगो सिल्भा र म्युनिरले चोट बोकेका थिए ।

यस हारसँगै पीएसजीले उपाधिका लागि अझै कम्तीमा केही दिन पर्खनु पर्ने भएको छ । शीर्ष स्थानको पीएसजीसँग ८१ तथा दोस्रो स्थानको लिलीको ६४ अंक छ । पीएसजीले उपाधिका लागि आगामी बुधबार नान्टेससँग खेल्नेछ ।

Koshi Online

FREE
VIEW