fbpx

भरुवा बन्दुकले आफ्नै पेटमा हानेपछि एक युवा ठहरै

सोलुखुम्बु, वैशाख २
सोलुखुम्बुमा भरुवा बन्दुकले आफ्नै पेटमा हानेपछि एक युवाको मृत्यु भएको छ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका(– डाँडागाउँमा आइतवार भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा २० वर्षीय सुमन राईको मृत्यु भएको हो ।

अपरान्ह ५ बजे घरमा कोही नभएको समयमा असारमान राईको छोरा सुमनले आफ्नै कोठामा रहेको भरुवा बन्दुकले आफ्नै पेटको नाईटो मुनि गोली हानेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गोलीले लागेर गम्भीर घाईते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा गए राति साढे १ बजे बाटोमा नै मृत्यु भएको हो भने शव परीक्षणको लागि सोही अस्पताल पठाइएको उक्त कार्यालयले जनाएको छ । उक्त भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा राखिएको छ ।

Koshi Online

FREE
VIEW