fbpx

प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा, दुई घण्टा टिकेन सिटीको अग्रता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको म्यान्चेस्टर सिटी दुई घण्टा पछि दोस्रो स्थानमा झरेको छ ।

आइतबार राति भएको पहिलो खेलमा क्रिस्टललाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटी पहिलो स्थानमा उक्लिएको थियो । सिटी लिभरपुल भन्दा १ अंकले अघि थियो । तर दोस्रो खेलमा लिभरपुलले चेल्सीलाई पराजित गरेपछि सिटी दोस्रो स्थानमा झरेको हो ।

३४ खेलबाट लिभरपुल ८५ अंकका साथ शीर्षस्थानमा छ भने सिटी ८३ अंक सहित दोस्रो स्थानमा छ । उपाधि दाबेवार दुई टोली बिचको २ अंकको फरक छ ।

आइतवारको खेलले जारी सिजनको उपाधि भिडन्तलाई रोमाञ्चक बनाएको छ । सिटीले ३३ खेल खेलको छ भने लिभरपुलले ३४ खेल खेलिसकेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई आफ्नै घरेलु मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र मोहम्मद सलाहले गोल गरे ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा भने दुई गोल गरेको थियो ।

खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई १–० गोलको अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै सलाहले गोल गर्दै २–० को अग्रता बनाए ।

बाँकी समयमा गोल हुन नसकेपछि लिभरपुलले चेल्सीलाई २–० गोलको जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले  ८५ अंक बनाएको छ । पराजित चेल्सीको भने समान खेलबाट ६६ अंक छ ।

प्रतिक्रिया

Loading...