fbpx

नरिवल पानी पिउदा गर्भवती र पथ्थरीका रोगीलाई हुन्छ धेरै फाइदा

विराटनगर, बैशाख १ ।

नरिवल पानीमा इनर्जी हुन्छ भन्ने सुन्नु भएको होला तर नरिवल पानी सेवन गर्दा हुने यती धेरै फाइदा बारे भने तपाइलाइ थाह नहुन सक्छ ।

गर्भवती महिलाहरुले नरिवल पानी सेवन गर्दा विषेश फाइदा हुन्छ । जनाकारहरुका अनुसार नरिवल पानी पिउनाले गर्भवतीहरुमा हुने एसिडिटी, मुटु दुख्ने, कब्जियतलगायतका समस्या सामाधान गर्ने गुण यसमा हुन्छ ।

यसैगरि नरिवल पानीमा हुने ग्लुकोजले शरीरमा तागत बनाइराख्न मद्धत गर्छ । नरिवल पानीमा अति शुद्ध हुन्छ । यसमा कुनै किसिकको किटाणु वा जीवाणु नहुने हुदाँ यो फाइदाकारी त हुने नै भयो ।

यस्तै नरिवल पानीमा हुने म्याग्नेसियम र पोटासियम शरीरका लागि अति आवस्यक हुन्छ । यसले शरीरलाई स्फुर्ती राख्न र तन्दुरुस्त राख्न मद्धत गर्छ । यो पानीमा मानिसलाई मुत्र प्रणालीमा समेत फाइदा पुर्याउने गुण हुन्छ ।

यसमा हुने एक किसिमको मुत्रर्बद्धम एजेन्टले मृगौला पथ्थरी हुनेहरुलाई समेत फाइदा पुग्ने विज्ञहरुको भनाई छ । नरीवल पानी नियमित सेवन गरे यसलाई हटाउन समेत मद्धत गर्ने र सस्तो औषधीका रुपमा चिकित्सकहरुले नरिवल पानी सेवन गर्न समेत सल्लाह दिएका छन् ।

नियमित सेवन गरे विस्तारै विस्तारै मृगौलाको पथ्थरी निस्किने चिकित्सकहरुको भनाई छ ।

Koshi Online

FREE
VIEW