प्रिमियर लिगः म्यान्चेस्टर सिटी शीर्ष स्थानमा, लिभरपुल चेल्सीसँग भिड्दै

 

एजेन्सी । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

प्रिमियर लिगको उपाधि दाबेदार सिटीको जितकालागि रहिम स्टालिङ एक्लैले दुई गोल गरे । खेलको १५ औं र ६३ औं मिनेटमा रहिमले गोलबाट अग्रता लिएको सिटीकालागि ९० औं मिनेटमा गब्रियल जेसुसले गोल गरे । क्रिस्टलकालागि लुकाले ८१ औं मिनेटमा एक गोल गरे ।

क्रिस्टललाई पराजित गर्दै ८३ अंक सहित लिगको शीर्ष स्थानमा उक्लिएको सिटी दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा एक अंकले अघि छ ।

यो सिजनको प्रमुख उपाधि दाबेदार लिभरपुलले ३३ खेलबाट ८२ अंक जोडेको छ ।
आज लिभरपुलले चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ । ३३ खेलबाट ६६ अंक जोडेको चेल्सी चौथो स्थानमा छ । ६७ अंक सहित टोटनह्याम तेस्रो स्थानमा छ ।

लिगको उपाधि दाबेवार टोली लिभरपुलकालागि आजको खेल महत्त्वपूर्ण छ । लिभरपुल आजको खेल जिते पून शिर्ष स्थानमा उक्लने छ । चेल्सी पनि आजको खेल जितेर आफूलाई शीर्ष चारमा राख्ने दाउमा छ ।

Loading...