fbpx

२०७५ साल संविधान र संघियता कार्यान्वयनकालागि महत्वपुर्ण : मुख्यमन्त्री राई


विराटनगर, बैशाख १ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय बर्षको रुपमा रहने बताएका छन् ।

नयाँ बर्ष २०७६ सालको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपील समेत गरे ।

‘विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन म हार्दिक अपील गर्दछु’ मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।  नयाँ बर्षको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्दछु, शुभकामना सन्देशमा भनिएको छ ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमण समाप्त भएको भन्दै उनले आर्थिक—सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तिब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हामी सबैको जिम्मेवारी र दायित्व रहको बताएकाछन् ।

वर्ष २०७५ संविधान र संघीयता कार्यान्वयनको महत्वपूर्ण एंव प्रदेश सरकारको लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रहेको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

पहिलो पटक गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरण सहित आम जनताको जीवनस्तर सुधार गर्दै विकास र समृद्धि प्राप्त गर्न दृढ संकल्पित रहेको उनले बताएकाछन् ।

Loading...