fbpx

प्रधानमन्त्री भन्छन् “ढुक्क भए हुन्छ बृद्धभत्ता बढ्छ”


काठमाडौं, बैशाख १ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।

ज्येष्ठ नागरिक स्वास्थ्यविमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् । “यो बुढाबुढीको भलो चिताउने सरकार हो ” प्रधानमन्त्री ओलीले भने “यसपालीको बजेटमा बृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ ।”

प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताउदै उनले भने “पहिलापहिला बुढाबुढीहरु कतिबर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो ।

अब कति बाचिएला र भन्थे । यतिबेला बृद्धभत्ता पाउन अब दुई बर्ष बाँकी छ भन्छन् । बृद्धबृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ ।” प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारले ध्यान दिइरहेको बताउदै कसैले भोकै नाङ्गै बस्नु पर्ने दिन सकिएको बताए । उनले कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानु नपर्ने बताएका हुन् । त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठुलो भरथेग गर्ने बताए । उनले भने “यसकालागि हाम्रो खानपानलाई विषादी रहित बनाउनु पर्दछ । ” प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा स्वास्थ्य विमा कार्ड समेत वितरण गरे ।

यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली र सासु धनमाया शाक्यले पनि बैंक खाता खोलेका छन् । दुवैजनालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय वाणिज्य बैंकको चेक समेत हस्तान्तरण गरे ।

प्रतिक्रिया

Loading...