fbpx

बाँस झ्याङमा पेस्तोल


मोरङ, वैशाख ०१ ।

मोरङको विराटनगर महानगरपालिका १६ दरैयाबाट प्रहरीले आज १ थान पेस्तोल बरामद गरेको छ ।

बिहान १० बजे बाँसको झ्याङमा लुकाई राखेको शंकास्पद बस्तु देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय रानीमा जानकारी गराएका थिए ।

उक्त स्थानमा तत्काल रानीबाट प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा रंङको बट्टा भित्र कालो प्लाष्टिकमा पोको पारेर राखेको अबस्थामा मेड इन यूएसए लेखिएको पेस्तोल बरामद गरेको हो ।

प्रहरीले पेस्तोल सहित म्याग्जिन थान १ र सोही पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली समेत बरामद गरेको छ । बरामद पेस्तोल बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

Loading...