fbpx

सय किलो खोर्सानी डढाउँदा आएन राग

विराटनगर । सामान्यतया खोर्सानी डढाउँदा आउने रागले छेउछाउ बस्न सक्ने अवस्था हुदैन् । खोर्सानी डढाउँदा आउने रागले तत्काल मानव स्वास्थ्यमा असर गर्छ । तर आइतवार मोरङको बेलवारीमा १०० किलो खोर्सानी हवन गर्दा राग आएन् ।

मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जितपुरमा याशोक्यानी भगवती मन्दिरमा भेला भएका सर्बसाधरणले हवन कुण्ड वरीपरी बसेर खोर्सानी हवन गरे । तर कसैलाई खोर्सानीको राग आएको अनुभुति गरेनन् । आइतवार मात्र होइन ११ वर्षयता वार्षिक रुपमा खोर्सानी हवन गरिदै आएको छ ।

विश्व शान्तिको कामना सहित प्रत्येक वर्ष राम नवमीमा आयोजना गरिने हवनमा एक सय किलो भन्दाबढी सुकेको खोर्सानी प्रयोग हुन्छ । मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जितपुरमा याशोक्यानी भगवती मन्दिर परिसरमा साधक गोपाल कोइरालाको अगुवाईमा हुने हवन गर्नु अघि सुकेको खोर्सानी घ्यूमा डुबाएर निकालिन्छ ।

खोर्सानी हवन गर्दा राग नआउने भएपछि अवलोकन गर्न आन्तरिक तथा बाह्य देशका पर्यटकहरु सोमवारे पुग्ने गरेका छन् । खोर्सानी हवन कैलागि चैते दशैं अवधिभरि विभिन्न धार्मिक कार्यक्रम हुन्छ ।

राष्ट्र शान्ति र समृद्धिको कामना सहित महायज्ञ र हवनको आयोजना गरिएको साधक गोपालप्रसाद कोइराला बताउछन् । होवनका लागि नेपाल भारत लण्डनसहित विभिन्न स्थानबाट भक्तजन आउने उनले जानकारी दिए ।

आइतबार आयोजना गरिएको खोर्सानी होम अवलोकन गर्न प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासहित राजनीतिक तथा प्रशासनिक क्षेत्रका अगुवाहरुको उपस्थीति थियो ।

Loading...