fbpx

पत्रकार महासंघ प्रदेश समितिको भवन शिलान्यास


विराटनगर । पत्रकार महासंघ प्रदेश १ समितिको भवन शिलान्यास भएको छ । विराटनगर महानगरपालिका– ५ जमुनगाछीमा तीन तले भवन शिलान्यास भएको हो ।

विराटनगर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा एक नम्बर प्रदेश सरकारको ४० लाख बजेट विनियोजन गरेपछि भवन शिलान्यास भएको हो । महासंघको भवन निर्माण कार्यको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले गरे ।  महानगरपालिका प्रमुख  पराजुलीले भवन शिलान्यास गर्दै महासंघको भवन निर्माणले स्थानिय बासिन्दालाई पनि सहयोग पुग्ने बताए । उनले समग्र विराटनगरलाई फाइदा पुग्ने बताए ।

प्रदेश सरकारको सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यलयले डिजाइन गरेर चालु आर्थिक वर्ष भित्र महासंघको भवन निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको पत्रकार महासंघ एक नम्बर प्रदेश समितिका अध्यक्ष बिक्रम लुइटेलले बताए ।

Koshi Online

FREE
VIEW