fbpx

अध्यक्ष कप टि-ट्वान्टीको उपाधिकालागि विराटनगर र कटहरी भिड्ने


विराटनगर, चैत्र २९ ।

कटहरी गाँउपालिकाको आयोजनामा जारी अध्यक्ष कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा विराटनगर महानगरपालिका र कटहरी ४ को टीमबीच उपाधि भिडन्त हुने भएको छ ।

कटहरी गाँउपालिका ४ को खेल मैदानमा शनिबार बिहान ११ बजे हुने उपाधी भिडन्तमा विराटनगर महानगरपालिका र कटहरी ४ को टीम आमनेसामने हुने भएका हुन ।

शुक्रबार सम्पन्न सेमिफाइनलको पहिलो खेलमा कटहरी ३ को टीमलाई पराजित गर्दै कटहरी ४ ले आफ्नो स्थान सुरक्षित गरेको छ ।  यस्तै दोश्रो खेलमा विराटनगर महानगरपालिकाको टीमले विराटनगरकै एक्सपर्ट क्रिकेट टीमलाई पराजितगर्दै फाइनल यात्रा तय गरेको छ ।

सेमिफाइनलको पहिलो खेलमा टस जितेर ब्यटिङमा उत्रिएको कटहरी ४ को विजयी टीमले १९ दशमलव ४ ओभरमा अल आउट हुंदै ९६ रनको स्कोर बनाएको थियो ।  ९७ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको कटहरी ३ को टिमले १९ दशमलव ३ ओभरमा अलआउट हुंदै ८३ रन मात्र जोड्न सक्यो ।

खेलमा ४ विकेट लिएका विजयी टीमका खेलाडी सलमान शेख म्यान अफ दि म्याच घोषित भएका छन । यस्तै शुक्रबार भएको दोश्रो सेमिफाइनल खेलमा विराटनगर महानगरपालिका भित्रका विभिन्न दुइ टीमबीचको खेलमा महानगरको टीमले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो ब्याटिंङ गर्दै विराटनगर एक्सपर्ट टीमले महानगरको टीमलाई ७ विकेट गुमाएर ९१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको महानगरको टीमले ९ दशमलव २ ओभरमै सहजै लक्ष्य हासिल गरेको हो । महागरको टीमले ८ बिकेटको जीत निकालेको छ ।

सो खेलमा अजय राजवंशी म्यान अफ दी म्याच भएका छन । उनले नटआउट ३५ रन बनाएका थिए ।

प्रतियोगिताको फाइनलमा बिजयी हुने टीमलाई नगद ५१ हजार र उपबिजेता हुने टीमलाई नगद २५ हजार तथा कप प्रदान गरिने आयोजक समितिका अध्यक्ष गोकुल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

5 × 2 =

Loading...