fbpx

हायसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, १ घाइते


सुनसरी, चैत्र २९ ।

सुनसरीको रामधुनी नगरपालिका ३ जाल्पा पेट्रोल पम्प अगाडी शुक्रबार हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते भएका छन् ।

दुर्घटनामा ईनरुवा नगरपालिका ६ मधेसाका ३५ वर्षीय गजेन्द्र खवास चौधरी चौधरीको मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गमा पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको गरेको बा ४ ख १४२२ नम्बरको हायसगाडीले बिपरित दिशाबाट आउँदै गरेको को २३ प ७७१९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

ठक्करवाट मोटरसाईकल चालक ईनरुवा नगरपालिका ६ मधेसाका गजेन्द्र खवास चौधरी र मोटरसाईकलको पछाडी सवार ईटहरी १६ का ५५ वर्षीय अशोक साह घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । गम्भीर घाइते मोटरसाईकल चालक चौधरीको बिहान सवा ९ बजे मृत्यु भएको हो ।

घाइते साहको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने हायसका चालक महोत्तरी महेस्थान गाउँपालिका ५ का ४० वर्षीय हेम बहादुर जिम्बा तामाङलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

Koshi Online

FREE
VIEW