fbpx

नयाँ वर्षको उपलक्ष्यमा विराटनगरमा ‘फेस्टा काउन्टडाउन’ कार्यक्रम हुँदै

विराटनगर,
नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा विराटनगरमा ‘फेस्टा काउन्टडाउन २०७६’ कार्यक्रम हुने भएको छ । २०७५ सालको अन्तिम दिन पारेर विराटनगरको बरगाछीस्थित श्याम पार्टी प्यालेसमा उक्त कार्यक्रम हुन लागेको हो ।

चैत ३० गते शनिबारको दिन हुन लागेको सो डान्स पार्टीमा द आर्टिस्ट– डीजे जिनको प्रस्तुती रहने छ । सो डान्स पार्टीमा सहभागी हुनका लागि ३०० प्रवेश शुल्क राखिएको छ ।

उक्त कार्यक्रमलाई विराटनगरबाट प्रकाशित अनलाइन पोर्टलद्वय कोशी अनलाइन डटकम र मेरो देश डट न्युजले मिडिया पार्टनरको रूपमा रहेर साथ दिएका छन् ।

प्रतिक्रिया

eight + fifteen =

Loading...