fbpx

यस्तो बन्यो ‘दाल भात तरकारी’ को ट्रेलर, सबैलाई अमेरिकाको मोह (भिडियोसहित)

विराटनगर,
आउँदो नयाँ वर्षबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । वैशाख २० गतेबाट रिलिज हुन लागेको सो चलचित्रको ट्रेलर शुक्रबार शुक्रबार युटुबमा सार्वजनिक भएको हो ।

ट्रेलरमा फिल्मका सबै कलाकारको विदेश मोहलाई देखाइएको छ । अमेरिका जानका लागि सबै जनाले एजेन्टलाई पैसा खुवाएको र पैसा उठाउनका लागि गरेको संघर्षलाई उक्त ट्रेलरमा देखाइएको छ ।

किरण केसीको प्रस्तुती तथा मह संचारको ब्यानरमा निर्माण भएको सो फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गरेका हुन् । उनको डेब्यू निर्देशनमा बनेको यस चलचित्रमा हरिवंश आचार्य, निरूता सिंह, वर्षा राउत, आँचल शर्मा, पुष्प खड्का, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, बसुन्धारा भुषाललगायतको कलाकारहरुको पनि मुख्य अभिनय रहेको छ ।

Loading...