fbpx

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि ओलम्पिक टर्च परिक्रमा सुरु

विराटनगर,
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एक नम्बर प्रदेशको राजधानी विराटनगरबाट ओलम्पिक टर्च परिक्रमा सुरु भएको छ ।

पाँच नम्बर प्रदेशको नेपालगन्ज शहरमा ५ बैसाखमा उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सातौँ राष्ट्रिय खेलकुद सम्पन्न भएको स्थान एक नम्बर प्रदेशको राजधानी विराटनगरदेखि ओलम्पिक टर्च बोकेर चार जना ओलम्पियनहरूले परिक्रमा सुरु गरेका हुन् ।

ओलम्पिक टर्च बोक्ने ओलम्पियनहरू डम्वर कुँवर, विकास रानामगर, जीतबहादुर केसी र मेनुका राउत ५ वैशाखमा नेपालगन्ज पुग्नेछ । र, सोही टर्चले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगन्जमा राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुभराम्भ गर्नेछन् ।

१५ पुस २०७३ मा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगता सम्पन्न भएको विराटनगरस्थित शहीद रंगशालाबाट चार जना ओलम्पियनहरूले २९ चैत २०७५ बिहान प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्वाहाङबाट औपचारिक रूपमा ओलम्पिक ज्वाला जिम्मा लिएका छन् ।

एक नम्बर प्रदेशका समाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, क्षेत्रीय खेलकूद समिति अध्यक्ष रवीन नगरकोटीलगायतले जिम्मा लिएको ओलम्पिक ज्वाला सकुशस नेपालगन्ज पुर्याउनका लागि ओलम्पिनयहरूलाई शुभकामना दिए ।

८ पुसमा उदघाटन भएर १५ पुस २०७३ मा समापन भएको सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि उक्त ओलम्पिक ज्वाला धनगढीबाट विराटनगर ल्याइएको थियो ।

प्रतिक्रिया

5 × 4 =

Loading...