fbpx

फ्राइडे रिलिज : अनमोलको ‘ए मेरो हजुर ३’ र सलिनमानको ‘यात्रा’ आजदेखि हलमा, कुन हेर्ने ?

विराटनगर,
फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका दुई चलचित्र हुन् ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ । दुवै चलचित्रलाई यस वर्षका प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ ।

‘ए मेरो हजुर ३’ नायिका एवं निर्देशक झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म हो । यस फिल्म नायिका झरना थापाको निर्देशनमा बनेको हो । यस चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् भने निर्देशक थापा र सुमन पौडेलको कथा रहेको छ ।

यस्तै रोशन श्रेष्ठले द्वन्द्व निर्देशन तथा सञ्जय लामाको छायांकनमा बनेको यस फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने सुहाना एक फ्यानकोे भूमिकामा छिन् । अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रियलर राई र सरोज खानलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

यस्तै सलिनमान बानियाँको अभिनयमा रहेको यात्राले पनि अनमोल केसीको फिल्मसँग प्रतिस्पर्धा गर्दैछ । यसमा सलिनमानका साथै सलोन बस्नेतको मुख्य अभिनय रहेको छ ।

यस फिल्ममा ‘ए मेरो हजुर २’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका सलिनमानलाई नायकको रुपमा र अर्का नायक सलोनलाई खलनायकको रुपमा देखाइएको छ । केशव भट्टराई र सुशील पोखरेलले संयुक्त निर्माणमा निर्माण गरेको यस फिल्म सम्राट शाक्यको निर्देशनमा बनेको हो ।

सम्राटले यसै चलचित्रमार्फत् निर्देशनमा डेब्यू गरेका हुन् । यस फिल्ममा धिरेन शाक्य, राजाराम पौडेल, मल्लिका महत एवं विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ ।

Koshi Online

FREE
VIEW