fbpx

किराना पसलमा आगलागी हुँदा, १५ लाख बराबरको क्षति

झापा,
झापामा आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ । झापाको झापा गाउँपालिका–४ बस्ने राजेश गणेशको किराना पसलमा बिहीवार राती आगलागी हुँदा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको हो ।

राति ११ः५० बजे भएको उक्त आगलागीबाट गणेशको टिनको छानो भएको बाँस र काठले बनेको पसलमा अचानक आगलागी हुँदा पसलमा रहेको सम्पूर्ण किराना सामान, फर्निचरका सामान र नगद १० हजार जलेर नष्ट भएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

Loading...