fbpx

‘ए मेरो हजुर ३’को शीर्ष गीत सार्वजनिक, अनमोल केसी बने ‘सुपरस्टार’ (भिडियो)

विराटनगर,
नायिका एवं निर्देशक झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘ए मेरो हजुर ३’को शीर्ष गीत सार्वजनिक भएको छ । भोलिदेखि प्रदर्शनमा आउने सो फिल्मको ‘ए मेरो हजुर’बोलको टाइटल गीत सार्वजनिक भएको हो ।

गायक प्रताप दास स्वरमा सजिएको उक्त गीतको शब्द भने प्रतीक पौडेलको हो । प्रतीक पौडेल र पुष्पन प्रधानको संगीत तथा उदयराज पौडेलको एरेन्जमा बनेको सो गीतको भिडियोमा अनमोललाई सुपरस्टारको भूमिका देखाइएको छ । गीतको भिडियमा अनमोल स्टेजमा गीत गाइरहेको देखाइएको छ ।

गत असोज २६ बाटे छायांकन सुरू भएको यस फिल्म नायिका झरना थापाको निर्देशनमा बनेको हो । यस चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् भने निर्देशक थापा र सुमन पौडेलको कथा रहेको छ ।

यस्तै रोशन श्रेष्ठले द्वन्द्व निर्देशन तथा सञ्जय लामाको छायांकनमा बनेको यस फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने सुहाना एक फ्यानकोे भूमिकामा छिन् । यस्तै अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रियलर राई र सरोज खानलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

Koshi Online

FREE
VIEW