fbpx

मन्त्री बाँस्कोटा भन्छन्, ‘अब वार्षिक एक प्रतिशतले गरीबी घटाइन्छ’

काभ्रेपलाञ्चोक,
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताएका छन् । उनले भने, ‘हामी वार्षिक एक प्रतिशतका दरले गरीबी घटाउने उद्देश्यका साथ समृद्धिको अभियानमा अघि बढिरहेका छौँ ।’

आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले पाँच वर्षभत्र गरीबी दर १३ प्रतिशतमा ल्याइने जिकिर पनि गरे ।

मन्त्री बाँस्कोटाले सबैको एकताबद्ध सोच र प्रतिबद्धताले मात्रै गरीबी न्यूनीकरणको यात्रा सफल हुने बताए । ‘हामीले सही तरिकाले आफ्ना स्रोतसाधनलाई उपयोग ग¥यौँ भने समृद्धि टाढाको विषय होइन’, उनले भने ।

उनले पर्यटनले आफ्नो पहिचान जोगाउने बताउँदै आफ्नै स्थानका उत्पादनलाई जोड दिँदै पर्यटकीय पहिचान कायम राख्नुपर्ने धारणा राखे । ‘मानिस र पृथ्वीको रक्षा गर्दै विकासलाई तीव्रता दिने हो, मानिस र पृथ्वीको रक्षाविना समृद्धिको कुनै अर्थ रहन्न’, उनले भने, ‘प्राकृतिक स्रोत र सौन्दर्य बिगार्दै मानिस र पृथ्वी नरहने विकास हामीले चाहेका होइनौँ ।’

निर्वाचनमा आफूले गरेको प्रतिबद्धतामा पाँच वर्षपछि कसैले प्रश्न गर्न नसक्ने उनको दाबी थियो ।

Loading...