fbpx

क्रसरले बस्ती जोखिममा परेको भन्दै हटाउन सांसद् लिम्बूको माग

विराटनगर,

मोरङको उर्लाबारीमा संचालन भएका दुई र हुने तैयारीमा रहेका तीन गरी पाँच वटा क्रसर उद्योग संचालनमा रोक लगाउन प्रदेश सांसद् कुशल लिम्बूले माग गरेका छन् ।

बुधबार बसेको प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै मोरङ एक नम्बर क्षेत्रको ‘क’ बाट विजयी भएका सांसद लिम्बूले मापदण्डविपरीत संचालन भैरहेका र हुन थालेका क्रसरले मानव बस्तीलाई नै विस्थापित गराउन लागेको भन्दै तुरुन्त रोक लगाउन प्रदेश सरकारसँग माग गरेका हुन् ।

सांसद लिम्बूले मोरङको विभिन्न स्थानमा अबैध रुपमा संचालन भएका क्रसर उद्योगहरूले मापदण्डविपरीत प्राकृतिक स्रोत उत्खनन गरेर दोहन भैरहेको कुरा पटक–पटक संसदमा उठाएर सरकारको ध्यान आर्कषण गराएपनि बेवास्ता भएको गुनासो गरे । उनले विज्ञसहितको कार्यदल गठन गरेर क्रसर उद्योगलाई व्यवस्थित रूपले संचालन गराउन र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न प्रदेश सरकारसँग आग्रह गरे ।

मोरङको उर्लाबारी नगरपालिका–१ मा क्रसर उद्योगले वातावरणमा प्रतिकूल असर पारेको भन्दै स्थानीयले क्रसर हटाउन माग गर्दै रिले अनसन थालेका छन् । एक प्रदेश सभामा कांग्रेस सांसद सूर्यमाराज राई, कुशल लिम्बूलगायतले मोरङको लेटाङ, बयरबन, उर्लाबारी, बेलबारी, केराबारी, सुन्दरहरैँचालगायतका क्षेत्रमा मापदण्डबिपरीत संचालन भएका क्रसरले फैलाएको प्रदूषणले वातावरणमा प्रतिकूल पारेको भन्दै हटाउन माग गर्दै आएका छन् ।

सम्बन्धित समाचार

क्रसर हटाउन माग गर्दै स्थानीयबासी रिले अनसनमा

Koshi Online

FREE
VIEW