fbpx

भारतमा चुनावको असर : ‘पीएम नरेन्द्र मोदी’लाई लगाइयो प्रतिबन्ध

एजेन्सी,
अभिनेता विवेक ओबेरोय स्टारर फिल्म ‘पीएम नरेद्र मोदी’ माथि निर्वाचन आयोगले रोक लगाएको छ । फिल्म चुनाव हुन्जेलसाँ प्रदर्शन गर्न रोक लगाइएको हो ।

यस विषयमा भारतीय सेन्सर बोर्ड र सूचना प्रसारण मन्त्रालयलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । भारतीय मिडियाका अनुसार कुनै पार्टी वा नेतालाई देखाइएको कुनै पनि प्रकारका बायोपिक फिल्म चुनावअघि देखाउन नपाउने गरी आयोगले प्रतिवन्ध लगाएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित यस बायोपिक फिल्मलाई केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी) ले आज नै रिलीज गर्न अनुमति दिएको थियो । तर, आज नै आयोगले प्रदर्शनमा प्रतिवन्ध लगाएको हो ।

सीबीएफसीले ११ अप्रिलमा यस फिल्मलाई प्रदर्शन गर्ने ‘युनिभर्सल (यू)’ प्रमाणपत्र दिएको थियो । यसै दिन लोकसभा चुनावको पहलो चरणको मतदान हुनेछ । तर, फिल्मको रिलीजमा रोक लागेपछि अब नयाँ डेटको प्रतिक्षा गर्नुपर्नेछ ।

उक्त विवेकलाई नरेन्द्र मोदीको भेषमा देखाइएको छ । फिल्ममा मोदीको जीवनयात्रा देखाइएको छ । फिल्मको निर्देशन कुमार बीले गरेका छन् । फिल्मलाई सुरेश ओबरोय, आनन्द पण्डित, संदीप सिंह र आचार्य मनिषले निर्माण गरेका हुन् ।

फिल्ममा बिवेक ओबरोयबाहेक सुरेश ओबरोय, बर्खा संगुप्ता, प्रशान्त नारायणन, दर्शन कुमार, बोमन इरानी, जरिना वाहव, मनोज जोशी आदिको अभिनय रहेको छ ।

Loading...