fbpx

अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा काठमाडौंमा आयोजना गरिदै


काठमाडौं चैत्र २५ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ३ को अयोजना तथा त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा २ दिने सार्कराष्ट्रस्तरीय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ ।

सम्मेलन आगामी जेठ २२ र २३ गते अयोजना हुदै छ । मुलुकमा रहेको विभिन्न प्राकृतिक स्रोत र साधनहरुको उपयोग गर्दै विज्ञान र प्रविधिको माध्यामवाट समग्र विकासलाई अघि वढाउने एवं समृद्धिका लागी विज्ञान तथा प्रविधिको महत्व उजागर गर्दै जल, जमिन, जीवन र वातावरणका वारेमा अनुसन्धानमुलक छलफल हुने छ ।

जलतथा मौसम विज्ञान केन्द्रीय विभागसँग मिलेर दीर्घकालिन विकासका लागी विज्ञानका विविध विषयहरुमा अन्तराष्ट्रिय छलफल चलाउन सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन अयोजना गर्न लागिएको हो ।

समृद्धिको अभियान साकार पार्ने उद्देश्यले प्रदेन ३ मा सम्मेलन आयोजना गर्न लागिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव एवंम विज्ञान वातावरण तथा जलवायु परिवर्तन शाखाका प्रमुख रघुराम पराजुलीले बताए ।

सम्मेलनका सार्क क्षेत्रका युवा वैज्ञानिकहरुले कृषि तथा वन, ऊर्जा तथा वातावरण, जलवायु परिवर्तन लगायतका विषयमा छलफल गर्ने छन् ।

यसैगरी प्राकृतिक सम्पदाको व्यवस्थापन, जलविज्ञान, प्राकृतिक विपत्ति, उद्योग तथा पर्यटन, विज्ञान तथा प्रविधि, सिमाक्षेत्रमा रहेको व्यापक प्राकृतिक सम्पदाहरुको दीर्घकालिन व्यवस्थापन र नदि कटान क्षेत्रको व्यवस्थापनको बिषयहरुको बैज्ञानिक कार्यपत्र प्रस्तुत गरिने छ ।

छलफल गरी प्राप्त प्रतिवेदन प्रदेश नम्बर ३ सरकार सक्षम पेश गरिने सम्मेलन अयोजक समितिका अध्यक्ष तथा जलतथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख डा.दीपक अर्यालले बताए ।

सम्मेलनका वैज्ञानिक कार्यपत्र र विषय क्षेत्रको बारेमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय युवा वैज्ञानिकहरुलाई विद्युतिय माध्यामहरुवाट सम्पर्क अघि बढाउदै आवश्यक वेवसाइट बनाइसकिएको छ ।

सार्कक्षेत्रका सम्वन्धित विषयका विशेषज्ञहरुसँग सम्पर्क गरि रहेको सम्मेलनका सम्पर्क व्यक्ति एवं जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्राध्यापक डा. विनोद दवाडीले जानकारी गराए ।

सम्मेलनमा विदेशबाट आउने वैज्ञानिकहरुमध्ये सार्कक्षेत्रका १५ जना युवा बैज्ञानिकहरुको सम्पूर्ण खर्च आयोजकले व्योर्होने छ ।

प्रतिक्रिया

eighteen + 3 =

Loading...