fbpx

देशब्यापी शैक्षिक जागरण अभियान आजबाट समापान

विराटनगर,
इस्लामी संघ नेपालले संचालन गरेको देशब्यापी शैक्षिक जागरण अभियान आजबाट समापन भएको छ । देशब्यापीरुपमा आयोजना गरिएको अभियान प्रदेश एकमा समेत संचालन गरिएको थियो ।

सो क्रममा एकसातासम्म प्रदेशका विभिन्न स्थानमा शैक्षिक जागरणको अभियान संचालन गरिएको थियो । विराटनगर–६ स्थित इस्लामी संघ नेपालमा आज शिक्षाको महत्व र समाजमा यसको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रमगर्दै साताब्यापी अभियान समापन गरिएको छ ।

प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा इस्लामी संघ नेपाल प्रदेश एकले कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बोल्दै मन्त्री घिमिरेले अति निम्न वर्गका विद्यार्थीले अध्ययन गर्ने विद्यालयकोरुपमा चिनिने सामुदायिक विद्यालयको शिक्षास्तरलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले काम गरिरहेको बताए ।

उनले त्यसको सकारात्मक परिणामकोरुपमा विराटनगर सहितका केहि सामुदायिक विद्यालयमा भर्नाका निम्ति देखिएको विद्यार्थीको चापलाई लिन सकिने बताए । मन्त्री घिमिरेले मुस्लिम समुदायलाई राज्यको मुल प्रवाहीकरणमा ल्याउन समय सापेक्ष शिक्षामा समेत जोड दिए ।

मन्त्री घिमिरेले कुनैपनि बालबालिका स्कुल जानबाट नछुटुन भन्ने बिषयमा समाजका सबै बर्ग जिम्मेबार हुन आग्रहसमेत गरे । सो अवसरमा बोल्दै आयोजक संस्थाका केन्द्रीय अध्यक्ष खुर्शीद आलम र प्रदेश अध्यक्ष जुल्फिकार अलीलगायतले राजनीतिक दलहरुले मुस्लिम समुदायलाई भोट बैँककोरुपमा मात्र प्रयोग गर्ने गरेको गुनासो गरे ।

उनीहरुले मुस्लिम समुदायलाई मूल प्रवाहीकरणमा ल्याउन सरकारले बिशेष योजना ल्यानुपर्ने बताए । चैत २० गतेबाट साताब्यापीरुपमा चलाइएको अभियानअन्र्तगत समुदायका नेतृत्वसँग भेटघाट, शिक्षासम्बन्धि भाषण प्रवचन र महिला लक्षित बिशेष कार्यक्रम गरिएको थियो ।

यस्तै सञ्चारमाध्यममा लेख रचना प्रकाशन, प्रसारण तथा जनचेतनामूलक ¥याली लगायतका कार्यक्रम आयोजना गरिएको थियो । प्रदेश एकमा मुस्लिम समुदायका ४० प्रतिशत बढी बालबालिका विद्यालय बाहिर रहेको विद्यालयस्तरसम्म अध्ययन गरेकाहरु समेत उच्च शिक्षा हासिल गर्न नसकेको मोहम्मद अफजल हुसैन गुल्जारले जानकारी दिए ।

प्रतिक्रिया

4 + 20 =

Loading...