fbpx

अंग्रेजी माध्यमबाट अध्यापन गराउने विद्यालयमा विद्यार्थीको चाप बढी

विराटनगर,
सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट अध्यनगर्न चाहने विद्यार्थीहरुको चाप बढ्दै गएको छ । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा पाउने भएपछि अंग्रेजी माध्यमबाट अध्यापन गराउने विद्यालयहरुमा विद्यार्थीको चाप देखिएको हो ।

नयाँ शैक्षिकसत्रमा २७ गते प्रवेश परीक्षाका लागि समय तोकेको विराटनगर–३ स्थित पोखरीया माध्यमिक विद्यालयमा निर्धारण गरिएको सिट संख्याभन्दा कयौं गुना बढी विद्यार्थीले फर्म भरेका छन् ।

अंग्रेजी माध्यमबाट कक्षा १ देखि ९ सम्मको भर्ना फर्म खुल्ला गरेको सो विद्यालयमा मंगलबार बिहानसम्म १३ सय बढी विद्यार्थीले फर्म भरेका छन् । विद्यार्थीको संख्या बढी हुने भएका कारण तीन दिन लगाएर विभिन्न कक्षाहरुको इन्ट्रान्स परीक्षा लिइने विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।

४ सय सिट संख्या रहेकोमा त्यहाँ १५ सय बढीले फर्म भर्ने अपेक्षा गरिएको विद्यालय प्रशासन शाखाका कर्मचारी खेमकुमार घिमिरेले जानकारी दिए । यसअघि विराटनगरकै आदर्श विद्यालयमा लिइएको इन्ट्रान्स परिक्षामाक ११ सय २८ जनाले फर्म भरेका थिए भने १ हजार ८५ जनाले परीक्षा दिएका थिए ।

प्रतिक्रिया

Loading...