fbpx

नागरिकता सम्बन्धि परिपत्र कार्यान्वयनमा सर्वाेच्चको रोक


विराटनगर, चैत्र २५ ।

जन्मसिद्ध नागरिकता लिएकाहरुका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन गृह मन्त्रालयले दिएको परिपत्र कार्यान्वनमा सर्वाेच्च अदालतले रोक लगाएको छ ।

सर्वाेच्च अदालतले गृह मन्त्रालयले जारी गरेको परिपत्र कायान्वयन नगर्न आदेश दिएको हो । सोमबार न्यायधीश पुरुषोत्तम भण्डारीको इजलासले गृह मन्त्रालयको परिपत्र कार्र्यान्वयमा रोक लागाएको छ ।

अदालतले गृह मन्त्रालयको परिपत्रलाई यथास्थितिमा राख्न आदेश जारी गरेको हो । गृह मन्त्रालयले गत १९ गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता लिएका सन्तालनाई वंशजको नागरीकता दिन परिपत्र गरेको थियो । परिपत्र पाएसंगै मोरङमा पनि नागरीकता वितरण गरिएको छ ।

मन्त्रालयले कानुन अनुसार निर्णय भएको भन्दै यस्तो परिपत्र गरेको थियो । तर गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई समेत विपक्षी बनाउदे रिट दायर गरेका थिए ।

सो रिटमाथी सुनुवाईको क्रममा सोमबार सर्वाेच्चको यस्तो  आदेश आएको हो । न्यौपानेले संसदमा छलफलकै क्रममा रहेको नागरीकता संबन्धि विधेयक विचराधिन नै रहेको बेला यस्तो परिपत्र जारी गर्नु उपयुक्त नभएको बताए । उनले संसद भन्दा गृह मन्त्रालय ठुलो नहुने भन्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Loading...