लगानी सम्मेलनपछि स्वदेशी उद्योगी फकाउँदै प्रधानमन्त्री

प्रधानमन्त्री भन्छन् जस्तो सुकै सहयोग गर्न सरकार तयार छ


काठमाडौं, चैत्र २५ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यावसायीहरुलाई सम्वोधन गर्दै विद्यमान कानुनहरुमा के–कस्तो सुधार खोजिएको विस्तृत कार्ययोजना लिएर आउन आहृवान गरेका छन् ।

कानुनी सुधार : समृद्धिको आधार भन्ने नाराका साथ आयोजित नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै उनले भने , ‘व्यापार गर्ने क्रममा कुनै बाधा, व्यवधान आइलागे वा कर्मचारीहरुबाट कुनै समस्या उत्पन्न गरिए म कहाँ आउनोस ।’

प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित उद्योगी, व्यावसायीहरुलाई सम्वोधन गर्दै भने, –‘आफ्ना मौलिक उद्योग  खोलौं, सरकारले के सहयोग गर्नु पर्याे ? के छूट दिनु पर्याे ? भनौं ।’ कानुनको कुन पृष्ठमा, कुन दफा र उपदफामा के सुधार गर्नु प¥यो त्यो स्पष्ट आफुलाई बताउन प्रधानमन्त्रीले आग्रह गरे ।

नेपालमा कृयाशील जनसंख्या ठूलो परिमाणमा रहेको उल्लेख गर्दै उनले देशमा खनिजलगायतका प्राकृतिक स्रोतहरुको सदुपयोग गर्ने बातावरण बनिरहेको बताए । साथै, देशमा राजनीतिक स्थीरता कायम भएकोले अनुकूल परिस्थिति निर्माण भएको समेत उनले बताए ।

स्वदेशी उद्यमी, व्यावसायीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउँदै ओलीले पूँजी र प्रविधिका लागि विदेशी लगानीका लागि आहृवान गरिएको प्रष्ट पारे ।

प्रधानमन्त्रीले भने , हामी हाम्रा उद्यमीहरुलाई ढुक्क हुनोस भन्न चाहन्छौ । कमाउनका लागि तपाईंहरुले अपारदर्शी काम केही गर्नु पर्दैन, पारदर्शी बन्नोस । अदृष्य ढंगले आएको स्रोत लुकाउन पनि ग्राहाे देखाउन पनि गाह्राे हुन्छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारको प्रयास शुसासन र विकासमा केन्द्रीत रहेको बताए ।

Loading...