fbpx

शिवलिङ्गलाई छोपेर ‘दबंग ३’ छायांकन गरेपछि संकटमा परे सलमान खान

अभिनेता सलमान खानको हिट फ्रैन्चाइजी ‘दबंग’ को तेस्रो पार्टको छायांकन सुरू भएको छ । आफ्नो आगामी फिल्म ‘भारत’को छायांकन सकिएलगत्तै सलमानले बहुप्रतिक्षित फिल्म ‘दबंग ३’ को छायांकन केही दिनअघिबाट सुरू गरेका हुन् ।

अहिले उक्त फिल्मको छायांकन इन्डोरको महेश्वरमा भइरहेको छ । सुटिङ लोकेसनबाट सलमान खानको केही फोटो लीक भएको छ । जसले सलमानलाई संकटमा पारेको छ । छायांकनका क्रममा सलमानको टोलीले शिवलिङ्गलाई काठले ढाकेर शुटिङ गरेका थिए । जसका कारण उक्त विषय राजनीतिक रूपले बढेको थियो ।

यस मुद्दामाथि भारतीय कांग्रेस र भारतीय जनता पार्टीले विरोध गरेका थिए । महेश्वरमा लगाइएको सेटमा भगवान शिवको शिवलिङ्गलाई काठले छोपिएको थियो । जुन, कुरामा यी दुई पार्टीले विरोध जनाएका हुन् । यद्यपि, विरोधपछि शिवलिङ्गबाट काठ हटाइएको थियो ।

विरोधपछि सलमानले सफाइ दिएका छन् । उनले आफू पनि शिवभक्त भएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले शिवलिङ्गको सुरक्षाका लागि बक्स लगाएका थियौं । म पनि शिवको ठूलो भक्त हुँ । तर, फेरि पनि तपाईंहरू सुटिङ गर्न दिनुहुन्न भने हामी तुरुन्त प्याकअप गरेर हिड्नेछौं ।

यस फिल्ममा पनि सलमान खान चुलबुल पाण्डेको भूमिकामा देखिने छन् । ‘दबंग ३’ लाई कोरियोग्राफरबाट निर्देशक बनेका प्रभु देवाले निर्देशन गर्नेछन् । यसअघि प्रभु देवा र सलमानले फिल्म ‘वान्टेड’ मा एकसाथ काम गरेका थिए ।

‘दबंग ३’ मा एकपटक फेरि सलमान प्रहरीको भूमिकामा देखा पर्नेछन् । यस फिल्ममा सलमानको अपोजिटमा सोनाक्षी सिन्हा नै देखिने छिन् । र, ‘मक्खी’ फिल्मका खतरनाक भिलेन सुदीप यस फिल्ममा नेगेटिभ रोलमा देखिनेछन् ।

Koshi Online

FREE
VIEW