fbpx

भारतीय लोकसभा निर्वाचन र बेगुसराय

फरक धार उदयको संकेत

विशेष पोशाकमा सजिएर विज्ञसमुहले तयार पारेको भाषणको साथमा हिन्दुत्वको नारा घन्काउने मोदीलाई  कुल लुक्सका साथ साधारण लवजले संसदमा तर्क वितर्क गरेको सुन्न आतुरहरुको भिडलाई यतिबेला झनै उत्सुकता बढाएको छ ।

शशांक पौडेल

विराटनगर, चैत्र २४ ।

भारतमा लोकसभा निर्वाचन नजिकिदै गर्दा हिन्दुत्वको नाराले अघिल्लो पटक भारी बहुमत पाएको पार्टी भारतीय जनता पार्टीसंग यो बेला अन्य दल भन्दा पनि ३२ वर्षीय एक युवाको टक्कर जोरदार रुपमा देखिएको छ ।

उनी भारतका ५ सय ३४ निर्वाचन क्षेत्रमध्ये १ निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार बन्न पाउदा उनी राष्ट्रिय पार्टी, सत्तापक्षको वरावरीमा ब्यक्तिगत अस्तित्व राख्न सफल भएका छन् । निर्वाचनमा अन्य दल भन्दा पनिसंगै जोडिएर एक यूवा बेग्लै धारका रुपमा प्रस्तुत भई रहेका छन् ।

देशभर निर्वाचनको माहोलमा विजेपी अर्थात भारतीय जनता पार्टीको कमाण्डमा देश रहेको बेला सत्तापक्ष, प्रतिपक्ष राष्ट्रिय काँग्रेसलाई भन्दा बढि आलोचना खेपिरहेका छन् ती युवा अर्थात कन्हैया कुमार ।

भनौ चुनावको हरेक वहश र छलफलमा भाजपाको जत्तिको नाम आउछ त्यही बरावर कन्हैयाको नाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित सिंगो पार्टीको बयानबाजीलाई हेर्ने हो भने पुरै भारतमा भाजपा र कन्हैयाको प्रतिष्पर्धा हुदै छ भन्ने भान हुन्छ ।

भारतीय कम्युनिष्ट पार्टीका विद्यार्थी संगठनका नेता कन्हैया कुमारको यो चर्चाले अहिलेको निर्वाचनमा अघिल्लो पटक नयाँ धारको राजनिति सुरु गरेको भन्दै आम आदमी पार्टीले ल्याएको तरंगलाई विर्साएको छ । र वेगुसरायको नाम हरेक पत्रिका, समाचार संस्था र राजनैतिक विश्लेशकको दिमागमा डेरा जमाएको छ ।

भारतीय काँग्रेसका राहुल गान्धि प्रधानमन्त्रीका उम्मेदवारको हैसियतमा चुनावी रणमैदानमा छन् । तर मोदी र भाजपाको विरोध वा बिपक्षमा धेरै खोजिएका व्यक्ति भने कन्हैया कुमार भएका छन् ।

सरकारका विरोधमा वैचारीक रुपमा सशक्त संगठनको अभाव हुदाँ एक व्यक्तिको दिनाचर्या भएको सायदै विरैलै हुने घटनाको पत्र बन्नु परेकोमा कन्हैयाले के सोचेका होलान ? तर विशेष पोशाकमा सजिएर विज्ञसमुहले तयार पारेको भाषणको साथमा हिन्दुत्वको नारा घन्काउने मोदीलाई  कुल लुक्सका साथ साधारण लवजले संसदमा तर्क वितर्क गरेको सुन्न आतुरहरुको भिडलाई यतिबेला झनै उत्सुकता बढाएको छ ।

जवाहर लाल नेहरु विश्वविद्यालयमा छात्रसंघको अध्यक्ष हुदाँ भारत विरोधी नारा लगाएको र आतंककारी अफजल गुरुलाई दिएको मृत्युदण्डलाई हत्या भन्दै नाराबाजी गरेको आरोपमा उनि गिरफ्तार भए । जसै गिरफ्तार भए कसैका नायक र कसैका खलनायकका रुपमा उनिदेश भर भाइरल पात्र बने । त्यसयता उनको दैनिकी नै फेरिएको छ ।

हरेक दिन टिभीको क्यामराले पच्छाइरहने पात्र बन्नु उनको लागि संयोग मात्रै भएको बताउने गरेका छन् । जिन्दगीमा संयोगले पढ्न पाउनु, संयोगले जेएनयूमा पुग्नु, छात्रा संघको अध्यक्ष हुनु र संयोगले नै भारत विरोधी गतिविधि भएको भनिएको कार्यक्रमका बेला नै अध्यक्ष रहनुपरेको उनको तर्क छ ।

त्यो आरोपको खण्डन गर्दै उनले जुन कार्यक्रममा अफजल गुरु र देश विरोधी नारा लगाइएको थियो त्यसमा आफ्नो भुमिका केही नभएको बताउदै आएकाछन् । आफु छात्रसंघको अध्यक्ष हुनु नै अपराध नहुने उनले स्पष्ट पार्दै आएका छन् । उनलाई त्यसपछि भारत माता की जय भन्ने नारा लगाउन नसक्ने र भारतको विभाजनको नारा लगाउने पात्रको रुपमा चित्रित गरिरहदाँ यसको खण्डनमा धेरै पटक भारत माताकी जय को नारा लगाउन बाध्य पारेको क्लिप धेरै हेरिएको भिडियोमा सामाजिक सञ्जालमा भेटिने गरेको छ ।

तर सत्तापक्षको रवैया र प्रतिपक्षको कमजोर भुमिका देखिरहेको भारतीय राजनितिमा उनको उदय र उनको क्षमतालाई जवरजस्त प्रतिपक्षका रुपमा स्विकार गरेको देखिन्छ । गिरफ्तार गरेर चार्जसिट नगरि थुनामा राख्नु सत्तापक्षको कमजोरीलाई उनले अस्त्र बनाउदै यसको निर्दोष भएको पहिलो प्रमाणका रुपमा लिने गरेका छन् ।

र भारतीय राष्ट्रिय काँग्रेसले पनि एउटा स्टण्टका रुपमा कन्हैया कुमार माथी लगाइएको राजद्रोहको मुद्धा फिर्ता लिनकोलागि पनि आफुलाई जिताउन आब्हान गरेको छ ।  कन्यैहा कुमार विहारको बेगुसराय निर्वाचन क्षेत्रमा उम्मेदावरका रुपमा घरदैलोमा पुगिरहदाँ कतिले नयाँ उज्यालोका रुपमा हेर्ने गरेका छन् भने कतिले देशद्रोहीका रुपमा चित्रित गरेर उनको अस्तित्वलाई स्विकार गर्न नसकिरहेको अबस्था छ ।

बेगुसराय निर्वाचन क्षेत्रमा उनको मुख्य प्रतिस्पर्धा भारतीय जनता पार्टीकातर्फबाट गिरीराज सिंह देखिएपनि उनले त्यो निर्वाचन क्षेत्रमा आफुलाई पठाइएकोमा त्यति खुसि नदेखिनु पनि एक प्रकारले कन्यैहाको लोकप्रियतालाई नै मान्न सकिन्छ ।
बेगुसरायका भुमिहिन, दलित र किसानका साझा उम्मेदवारको रुपमा उभ्याइरहेका कन्हैयाले वेगुसरायबाट जित निकालेमा अच्चम नमान्दा हुन्छ । हिन्दुबादीका रुपमा गिरीराज सिंहको आफ्नै राजनैतिक पहिचान भएपनि चुनावी हावा उनको तर्फ बग्छ बग्दैन हेर्न बाकी छ ।

सायद भारतीय राजनितिले प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीलाई फेरी एक पटक मौका दिएपनि संसदमा मुख्य प्रतिपक्षका रुपमा कन्हैया कुमारलाई हेर्ने मुड बनाएको हुन सक्छ । किनकी कन्हैया कुमार दलित परिवारका तर्फबाट समेत प्रतिनिधित्व गर्दछन् र वेगुसरायको निर्वाचनमा १९ लाख भोटरहरु मध्ये जहिलेपनि दलित भोट निर्णयक बन्दै आएको छ ।

हिन्दुत्व र राष्ट्रवादको नाराले उभिएको भाजपाका उम्मेदवार गिरीराज सिंह र संगठानिक पकड कमजोर रहेको भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट आफ्नै जन्मभुमिमा उम्मेदवार बनेका कन्हैया कुमारबीचको यो निर्वाचनले आफ्नो पक्षमा नआए कन्हैयालाई भन्दा गिरीराजलाई राजनितिमा ठुलो झड्का लाग्ने छ ।

को हुन् कन्हैया कुमार

कन्हैया कुमार भारतको थिंक ट्यांक जन्माउने जवाहरलाल नेहरु विश्वविद्यालय दिल्लीका छात्र संघका निवर्तमान अध्यक्ष हुन् ।

भारतको एउटा यस्तो विश्वविद्यायल जुन विश्वविद्यालयले प्रश्नमाथी नै प्रश्न जन्माउन सिकाउने उक्ति प्रचलित छ । अखिल भारतीय विद्यार्थी संगठनका नेताका रुपमा बाम आन्दोलनमा होमिएका उनी भारतीय कम्युनिष्ट पार्टीका सदस्य हुन् । कन्हैयाले भर्खरै डक्टरेट उपाधि पाएका छन् ।

यही फेव्रुअरीमा उनले पिएचडी सकेका हुन् । ३३ वर्षीय गरिव दलित परिवारमा भारतको विहार राज्यमा पर्ने बेगुसराय जिल्लाको बरौनीमा उनको जन्म भएको थियो ।

विद्रोही चेतका उनी तिक्ष्ण बुद्धिका कुशल विद्यार्थीका रुपमा विद्यालय र विश्वविद्यालयमा परिचित थिए । किसान पिता र आमा भने आगनवाडी अर्थात बाल शिक्षा शिक्षिका हुन् । उनले उच्च माध्यमिक तह विज्ञान विषयमा पहिलो श्रेणीमा सम्पन्न गरे र स्नातक तह भने जियोग्राफि विषयमा गरेका हुन् ।

प्रतिक्रिया

17 − five =

Loading...