७३ वर्षको उमेरमा व्यावसायीक फुटबल खेलेर विश्वर्कितमान

एजेन्सी, चैत्र २३ ।

६० वर्ष कटेपछि प्राय मानिस अवकाश प्राप्त जीवन बिताउन् चाहान्छन् । तर इजरायलमा एक ज्येष्ठ नागरिकले बुढेसकालमा व्यवसायीक फुटबल खेलेर विश्व किर्तिमान बनाएका छन् ।

७३ वर्षिय इसाक हायिकले व्यवसायिक फुटबल खेलेर कीर्तिमान बनाएका हुन् । शुक्रबार उनले इजरायली क्लब आइरोनी अर यहुदाबाट गोलरक्षकका रुपमा खेलेका थिए ।

उनले पुरा समय गोल रक्षकको भूमिका निभाएका थिए । तर हायिकको टिम काकाबी रामत गानसँग ५–१ गोलले पराजित भयो ।

हायिकले आफू अरु खेलका लागि पनि तयार रहेको बताएका छन् । खेलपछि विशेष समारोहकाबिच उनलाई जिनियस वर्ल्ड रेकर्ड प्राइज प्रदान गरिएको थियो ।

समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले भनेका छन्, ‘यो उपलब्धी मेरा लागि मात्रै नभएर समग्र इजरायली खेलकुदको हो ।’

विश्वकिर्तिमान उरुग्वेका रोर्बत कारमोनाको नाममा थियो । उनले सन् २०१५ मा ५३ वर्षको उमेरमा व्यवसायिक फुटबल खेलेर कीर्तिमान बनाएका थिए ।

Loading...