fbpx

अर्जेन्टिनामा जारी विश्वकप फुटसलमा नेपालको लगातार दोस्रो हार, फ्रान्ससँग पनि हार्‍यो नेपाल

काठमाडौं, चैत २०
अर्जेन्टनामा जारी १२ औं संस्करणको विश्वकप फुटसलअन्तर्गत नेपालले दोस्रो खेलमा पनि पराजय भोगेको छ । बुधबार भएको दोस्रो खेलमा नेपाल फ्रान्ससँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

पहिलोपटक विश्वकप फुटसल खेलेको नेपाली टोली यसअघि अमेरिकासँग स्तब्ध भएको थियो । मंगलबार भएको उक्त खेलमा नेपाल अमेरिकासँग २–१ गोल अन्तरले स्तब्ध भएको हो ।

बुधबार भएको नेपालको दोस्रो खेलमा नेपालका लागि सुजन बलामी र सञ्जीव तामाङले समान एक–एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । यससँगै नेपालले दुई खेल खेल्दासम्म अंक जोड्न सकेको छैन ।

यस्तै नेपाल अब नेपाल समूह चरणबाटै घर फर्किने सम्भावना बढेको छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ जसमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा क्यानडासहित क्याटलना र फ्रान्स छन् ।

समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । उक्त विश्वकप फुटसलमा नेपालले ‘वाइल्ड कार्ड’बाट सहभागिता जनाएको हो ।

प्रतिक्रिया

twelve + sixteen =

Loading...