fbpx

चामलको बोरा बोकेर हावाहुरी प्रभावित क्षेत्र पुगे धुर्मुस, हेर्नुहोस् ६ तस्बिर


बारा, चैत १९
कलाकार तथा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् । उनी राहत सामाग्री वितरणका लागि गत आइतबार साँझ बारा र पर्सामा भएको हावाहुरी प्रभावित क्षेत्रमा पुगेका हुन् ।

बारा जिल्लाका आँधी प्रभावित ४ सय परिवारका लागि चामल, त्रिपाल र चाउचाउ अति प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलालप्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा हस्तान्तरण गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

आइतबार आएको विनाशकारी हावाहुरीमा परेर मृत्यु भएका २७ जनामध्ये १५ जना बाराको फेटा गाउँपालिकाका थिए । उक्त घटनामा ४ सय बढी घाइते भएका थिए ।

Koshi Online

FREE
VIEW