fbpx

विश्वकीर्तिमान राख्ने लक्ष्यका साथ सगरमाथाको शिखर चुम्दै त्रिविका विद्यार्थी

काठमाडौं, चैत १८
त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थी दावा शेर्पा सगरमाथा चढ्न लागेका छन् । सोलुखुम्वु जिल्लाको दूधकुण्ड नगरपालिका निवासी शेर्पा मानवशास्त्र केन्द्रीय विभागका थेसिस गरिरहेका विद्यार्थी हुन् ।

उनले सगरमाथाको शिखर चुम्ने पहिलो विश्वविद्यालयको छात्रको रुपमा विश्वकीर्तिमान कायम राख्ने लक्ष्य राखेका छन् । त्रिवि उपकुलपति प्रा.डा तीर्थराज खनियाले शेर्पालाई त्रिवि र नेपालको झण्डा दिएर सम्मान गर्दै सगरमाथा आरोहणको शुभकामना व्यक्त गरे ।

उनले विश्वविद्यालयको नाममा विश्वकै पहिलो विद्यार्थीको विश्वकीर्तिमान राख्न गइरहेका दावा शेर्पाको सफल आरोहणको कामना गर्दै विश्वविद्यालयको झण्डा सगरमाथामा फर्फराएर विश्वका त्रिविको सम्मान उच्च राख्न लागेको धन्यवाद व्यक्त गरेका थिए ।

२०४२ साल जेठ १५ गते सोलुखुम्वुमा जन्मिएका शेर्पा पर्वतारोहण व्यवसायमा संलग्न रहँदै आएका छन् । पर्वतारोहणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरिसकेका उनी सानैदेखि हिमाल चढ्न सौखिन रहेको बताए । उनको आरोहण मे ५ वाट विधिवत रुपमा शुरु हुनेछ ।

प्रतिक्रिया

9 − five =

Loading...