fbpx

प्रधानमन्त्री हावाहुरी प्रभावित क्षेत्रमा, अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए

काठमाडौँ, चैत १८
प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् । आज झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकमार्फत ओली घटनास्थल पुगेका हुन् ।

गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओलीले प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि घटनास्थल पुगेका हुन् । प्रम ओलीसँगै उपप्रधान तथा स्वास्थ्य एवं जनङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा हावाहुरीबाट पर्सा र बारामा उद्धार र राहत कार्यको अनुमगन गर्न घटनास्थल पुगेको हुन् ।

प्रधानमन्त्री ओलीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्रीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् ।

गए रातिको हावाहुरीबाट प्रदेश २ को बारा र आसपासका जिल्लामा गरी ३१ जनाको ज्यान गएको छ भने ६ सयभन्दा बढी घाइतेका भएका छन् ।

Koshi Online

FREE
VIEW