fbpx

गृहमन्त्रीसहितको टोलीलाई लिएर प्रधानमन्त्री ओली प्रभावित क्षेत्र पुगे

बारा, चैत १८
प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् । आज झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकमार्फत ओली घटनास्थल पुगेका हुन् ।

गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओलीले प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि घटनास्थल पुगेका हुन् । प्रम ओलीसँगै उपप्रधान तथा स्वास्थ्य एवं जनङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा हावाहुरीबाट पर्सा र बारामा उद्धार र राहत कार्यको अनुमगन गर्न घटनास्थल पुगेको हुन् ।

गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु र सात सय बढी घाइते भएको जानकारी दिए । प्रस्थान गर्नुअघि मन्त्री थापाले घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको बताए ।

उनले घटनास्थलमा पुगेर अनुगमन गरेपछि आवश्यकता अनुसारको राहत र क्षतिपूर्ति उपलब्ध गराउने बताए ।

प्रतिक्रिया

nineteen − eight =

Loading...