fbpx

हावाहुरी पीडितलाई सहयोग गर्न मुख्यमन्त्री राहत कोष स्थापना, यसरी गर्न सकिन्छ रकम जम्मा


बारा, चैत १८

गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लाका बासिन्दालाई सहयोग गर्न प्रदेश नम्बर २ सरकारले मुख्यमन्त्री राहत कोष स्थापना गरेको छ ।

हावाहुरीबाट प्रभावित भएका बारा र पर्साका बासिन्दालाई सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२२०५०३०००००० मा रकम जम्मा गर्न सकिने मुख्यमन्त्री लालबाबु राउतले जनाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा यसबारे जानकारी दिएका छन् । यसैबीच मृतक परिवारलाई तीन लाखका दरले प्रदेश सरकारले राहत दिने निर्णय गरेको छ ।
आइतबार साँझ एक्कासी आएको हावाहुरीले बारा र पर्सामा ठूलो धनजनको क्षति भएको छ । पछिल्लो विवरण अनुसार हावाहुरीमा परी कम्तीमा २९ जनाको ज्यान गएको छ भने ६ सय भन्दाबढी मानिसहरु घाइते भएका छन् । केही घाइतेको अवस्था चिन्ताजनक रहेको छ ।

सहयोग गर्ने खाता नम्बर

खाता नम्बर : १२२०५०३००००००

खाता : विविध खाता (प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश न. २, जनकपुर)

बैंक : राष्ट्रिय बाणिज्य बैंक

Koshi Online

FREE
VIEW