प्रधानमन्त्री ओलीसहित ४ मन्त्री हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सा जाँदै

काठमाडौँ चैत १८
आइतबार साँझ बारा र पर्सामा आएको भीषण हावाहुरीले ठूलो जनधनको क्षति र्पुयाएको छ । बारा र पर्सामा भएको हावाहुरीबाट २९ जनाको निधन भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । हावाहुरीबाट ज्यान गुमाउनेमा ३ भारतीय नागरिकसमेत रहेका छन् ।

यसैबीच काठमाडौँबाट हाववाहुरी प्रभावित क्षत्रेमा प्रधानमन्त्रीसहित ४ जना मन्त्रीहरु जाने भएका छन् । दुई दिने झापा भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई लिँदै उतैबाट हावाहुरी प्रभावित क्षेत्रमा जाने बताइएको छ । नेपाली सेनाको स्काई ट्रक प्रधानमन्त्री ओलीलाई लिन उनकै गृहनगर झापा पुग्ने र त्यहाँबाट बारामा जाने कार्यक्रम छ ।

सिमरामा रहेको स्काई ट्रकले ६ जना घाईतेको थप उपचारका लागि काठमाडौ ल्याएको र त्यही स्काई ट्रकमा मन्त्रीहरु जान लागेका हुन् । स्काई ट्रकले ल्याएका ६ जना घाइतेको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

Loading...