fbpx

संघाई बन्यो विश्वकै पहिलो फाइव जी जिल्ला


काठमाण्डौँ, चैत्र १७ ।

चीनको संघाईले गत सनिबार देखि फाइव जी नेटवर्क शुरु गरेको दावी गरेको छ । संघाईले फाइव जी नेटवर्क कभरेज र ब्रोडब्याण्ड गिगाविट नेटवर्क सुरु गर्ने विश्वको पहिलो सहरका रुपमा आफुलाई दावी गरेको छ । फाइवजी नेक्स्ट जेनेरेशनको सेल्युलर टेक्नोलोजी हो ।

फाइव जी फोर जी को तुलनामा १० देखि १०० गुणा तिव्र डाउनलोड स्पीड हुन्छ । चीन फाइव जी को लागि अमेरीका भन्दा अगाडी रहेको छ । सञ्चारको क्षेत्रमा अमेरीकालाई पछि छोड्न चीनले यस्तो गरिरहेको छ । चीनको सरकारी अखबार चाइना डेलीका अनुसार संघाईले फाइव जी कभरेज र ब्रोडब्याण्ड गिगाबिट नेटवर्क भएको विश्वको पहिलो जिल्ला भएको दावी गरेको छ ।

संघाईको हांगकोउमा फाइव जी सुरु गरिएको हो । यसलाई चीनको सरकारी दुरसञ्चार कम्पनी चाइना मोवाइलले सहयोग गरेको छ । यसको आधिकारीक सुरुवात संघाईको हांगकोउमा गत सनिवारबाट गरिएको हो । जिल्ला भरी सबैतिर कभरेजको सुनिश्चितताकोलागि तीन महिना अघि देखि नै फाइव जी वेसस्टेशन बनाएर तयारी थालिएको थियो ।

चाइना डेलीका अनुसार संघाईका उपप्रमुख वु किंगले फाइव जी फोल्डेवल फोन हुवावेइ मेट एक्सबाट भिडियो कल गर्दै सुरु गरेका थिए । यो सेवा सिम कार्ड परिवर्तन नै नगरी लिन सकिने बताइएको छ ।

उपभोक्ताहरुले यो सेवा लिन सिम बदलीरहनु नपर्ने अधिकारीहरुले बताएका छन् । फाइव जी सेवाकालागि पुरानै सिम राखेपनि मोवाइल भने फाइव जी चल्ने हुनु पर्ने छ । फाइव जी सेवा सुरु भएपछि अहिले मिनेट लाग्ने फाइल डाउनलोड गर्न सेकेण्ड नै काफी हुने छ ।

प्रतिक्रिया

Loading...