fbpx

कान्तिपुर कलेजको वार्षीकोत्सवमा विविध कार्यक्रम

विराटनगर, चैत्र १७ ।

विराटगर–१० मा रहेको कान्तिपुर कलेजले चौथो वार्षिक उत्सव तथा विदाई कार्यक्रमको आयोजना गरेको छ । कलेजले आज आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा विदाई कार्यक्रम गरेको हो ।

वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट प्रमुख अतिथि अतिथिहरु त्था अभिभावक, शिक्षकलाई दिनभरी मनोरञ्जन दिएका थिए । सोही अवसरमा कक्षा १२ का विज्ञान तथा व्यवस्थापक संकायका ७ सय १४ जना विद्यार्थीहरुलाई विदाई समेत गरेको छ ।

कलेजमा अध्यनरत दुवै संकायका चौथो ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले विदाई गरेको हो । कार्यक्रममा प्रमुख अतिथि संघिय सांसद शिवकुमार मण्डलले शिक्षामा रहेको चुनौती र कठिनाइहरु समाप्त गदै लैजानु पर्ने बताए ।उनले सरकारी तथा निजि स्कूलमा भएको विभेदलाई अन्तय गर्ने बताए ।

कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त, विराटनगर प्याव्सनका अध्यक्ष ईन्द्र राई, विराटनगर प्याव्सनका कोषाध्यक्ष शिव अधिकारी, प्याव्सन मोरङका पूर्व अध्यक्षद्वय सुनिल पौडेल र सावित्री पराजुली, कलेजका सञ्चालकहरु प्रा.डा.तेजनारायण मण्डल, रोशन राजवंशी र भुवन नेपाल तथा कलेजका सीइयो विष्णु दाहाललगायतले बोलेका थिए ।

Loading...