fbpx

फैसला कार्यान्वयन नगरे पुनः अदालत जाने मजदुरको चेतावनी

विराटनगर, चैत १७
श्रम अदालत र सर्वोच्चले गरेको फैसला कार्यान्वयन नगरेमा पुनः अदालतको ढोका गुहार्न बाध्य हुने मजदुरहरुले चेतावनी दिएका छन् ।

विराटनगर महानगरपालिका ११ मा रहेको रत्ना होटल प्रालिले काम गर्ने मजदुरहरु केशवबहादुर बुढाथोकी, दुर्गा उप्रेती, पारस गुरुङ र विश्वबन्धु खड्कालाई पारिश्रमिक दिन गरेको सर्वोच्चको फैसला कार्यान्वयन नगरेमा पुनः अदालतको ढोका ढकढकल्याउन बाध्य हुने मजदुहरुले चेतावनी दिएका हुन् ।

काम गर्दै आएका कर्मचारीहरुलाई २३ भदौ २०६८ मा गैरकानूनी रुपमा कामबाट हटाएको भन्दै पारिश्रमिक र क्षतिपूर्ति दाबी गर्दै चार जना मजदुरहरुले श्रम अदालतनमा मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाउपर श्रम अदालतले मजदुरको पक्षमा फैसला गरेको थियो । तर, होटल रत्नाका संचालक रेवतबहादुर थापाले मुद्दा सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, सर्वोच्चले पनि मजदुरकै पक्षमा फैसला गरेको थियो ।

२२ असार २०६९ मा श्रम अदालतले गरेको फैसला सदर गर्दै सर्वोच्चले २७ असार २०७५ मा मजदुरलाई २३ भदौ२०६८ देखीको पारिश्रमिक र सुबिधा १५ दिनभित्र दिन होटल रत्नालाई आदेश गरेको थियो ।

तर, सर्वोच्चले गरेको फैसलालाई पनि अटेर गर्दै पाउनु पर्ने सेवा सुबिधा दिन अटेर गरेको स्वतन्त्र होटल मजदुर युनियन विराटनगरका अध्यक्ष अर्जुन राईले बताए । उनले फैसला अनुसारको पारिश्रमिक दिन होटलले आनाकानी गरेमा अदालतको मानहानी गरेको आरोपमा मजदुरहरु अदालत गुहार्न बाध्य हुनेछन् । अध्यक्ष राईले भने, ‘अदालतले फैसला गरेअनुसार श्रम ऐन २०७४ अनुसार दिनुपर्ने सेवा सुबिधा दिन हामी होटललाई आग्रह गर्दछौँ तर अटेर गरेमा पुन अदालत गुहार्नुको विकल्प छैन ।’

यता होटल रत्नाका संचालक रेवतबहादुर थापाले चाँही श्रम कार्यालय र अदालतले आफूमाथि अन्याय गरेको बताउँदै आएका छन् ।

Koshi Online

FREE
VIEW